पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
काठमाडौं ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।
गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको गुजरालवाला नजिकै पार्टीको कार्यक्रममा सहभागी इमरानमाथि गोली प्रहर भएको हो । गोली लागेर उनी घाइते भएका छन् । इमरानको खुट्टामा गोली लागेको छ । अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ । कुन अस्पताल लगियो भन्ने गोप्य राखिएको छ ।
गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।
केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई निर्वाचन लड्न प्रतिबन्ध लगाइदिएको थियो । गत अप्रिलमा बहुमत गुमाएपछि खानले संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेका थिए । सर्वोच्च अदालतले उनको निर्णय उल्ट्याइदिएपछि उनी प्रधानमन्त्री छोड्न बाध्य भएका थिए।