जनमत पार्टीले छानेका ४ समानुपातिक सांसद
काठमाडौं ।
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवार चयन गरेको छ । पहिलो पटक चुनावमा सहभागी भएको जनमतले बिहीबार ४ समानुपातिक सांसदको टुंगो लगाएको हो ।
प्रतिनिधिसभामा ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको जनमत पार्टीलाई आयोगले ४ सिट दिएको छ । बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकको नाम टुंगो लगाएको अध्यक्ष चन्द्रकान्त राउतले जानकारी दिए ।
उनका अनुसार क्लस्टर अनुसार नाम छानिएको छ । जसमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा छन् । निर्वाचन आयोगले समानुपातिक नाम पठाउन बुधबार पत्राचार गरेको थियो ।