संसदीय दलमा सहमति जुटाउन शेखर-गगन पक्ष छलफलमा
काठमाडौं ।
बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन समूहको बैठक बसिरहेको छ।
यो पक्षको बैठक झण्डै तीन घण्टादेखि जारी रहेको बताइएको छ । तर, नेताहरुले बैठक स्थान खुलाएका छैनन् । नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो ।
सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि कुराकानी गरेका थिए । निर्वाचन प्रचारप्रसारकै क्रममा महामन्त्री थापाले आफू दलको नेतामा निर्वाचन लड्ने घोषणा गरेका थिए । त्यसपछि संस्थापनइतर पक्षमै धुव्रीकरणको अवस्था देखिएपछि नेताहरू समझदारीका लागि जुटेका हुन् ।