माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार मात्र प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । कांग्रेससँग ‘पावर शेयरिङ’मा सहमति हुन नसकेपछि प्रचण्ड नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले ७ जनाको मन्त्रिपरिषद् गठन गरेका छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् ।
माओवादीले अब ४ देखि ५ सम्म मन्त्री पाउने एक नेताले जानकारी दिए । माओवादीबाट को-को मन्त्री हुने भन्ने चर्चा सुरु भएको छ । स्रोतका अनुसार वर्षमान पुन, शक्तिबहादुर बस्नेत, रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी मन्त्री बन्ने सम्भावना बलियो छ । त्यस्तै, गंगा कार्की, सूर्यमान दोङ, हितबहादुर तामाङ पनि मन्त्री बन्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।