सरकार परिवर्तनसँगै सचिव सरुवाको खेल सुरु


  • सरकार परिवर्तनसँगै सचिव सरुवाको खेल सुरु
  • काठमाडौं । सरकारको नेतृत्व परिवर्तनसँगै सचिव फेरबदलका लागि गृहकार्य अगाडि बढाएको छ । पुस २६ गते विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिव परिवर्रतनका लागि निर्णय लिने बताइएको छ ।
    सबैभन्दा शक्तिशाली मानिने गृहमन्त्रालयको सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल, श्रम तथा रोजगार मन्त्रालयका एकनारायण अर्याल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्री कार्यालयमै जगेडामा रहेका एमाले नेता विष्णु रिमालनिकट नुवाकोटे सचिव रामप्रसाद थपलियाले दौडधूप अगाडि बढाएका छन् । शिक्षादेखि भूमिव्यवस्था मन्त्रालयबाट असक्षम भनेर प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा रहेका थपलियालाई भूमिव्यवस्था र शिक्षामा हुँदा जीटुजीका नाममा ब्यक्तिगत ग्लोबल प्रेसलाई सरकारी काम दिएको आरोप लागेको छ ।
    लामो समय युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत थपलिया एमालेनिकट भन्दै अहिले चिनाउन थालेका छन् । तर, यसअघि भने उनी आफूलाई कांग्रेस र माओवादीको समर्थक भएको बताउने गर्दथे । कार्यक्षमता सून्य भएका जीहजुरी र चाकरीकै भरमा महत्वपूर्ण मन्त्रालय पाउँदैआएका थपलियालाई देउवा सरकारले प्रधानमन्त्री कार्यालयमा धपाएको थियो । प्रधानमन्त्री कार्यालयमा आएपछि पनि महत्वपूर्ण मन्त्रालयमा सरुवा हुनका लागि देउवाका सल्लाहकार जनार्दन नेपालकोमा दिनहुँ धाउने गरेका थिए । सरकारको नेतृत्व परिवर्तनसँगै आफु एमालेनिकट भएको भन्दै गृह ताकेका थपलियालाई एमाले नेता रिमालले हेरौंला भन्दै आश्वासन दिएका छन् । कलकत्ताको महावाणिज्यदूतमा कार्यरत रहेकै अवस्थामा सचिव बढुवा भएका र प्रदेशमा पदस्थापना हुनुपर्ने परम्परा तोड्न सफल भएका श्रम तथा रोजगार मन्त्रालयका सचिव अर्याल अबको गृहसचिव आफैं हो भन्दै मातहतका कर्मचारीलाई भन्न थालेका छन् । उनी गुह नपाए अर्थमन्त्रालयमा समेत सरुवा हुने दाउमा छन् । उनले आफूलाई एमालेको खाँटी सचिवका रुपमा चिनाउँदैआएका छन् । जागिरको अन्तिम कालखण्डमा गृहसचिव भएरै अवकाश पाउँ भन्दै यादव कोइराला राष्ट्रपतिदेखि एमाले नेताहरुलाई अनुनय बिनय गरिरहेका छन् । तर उनको हक्की स्वभाव देखेर गृहमन्त्री रवि लामिछानेसँग टिक्न नसक्ने हुन् कि भनेर कोइरालालाई गृहप्रवेश गराउन एमाले नेतृत्व तयार नभएको स्रोत बताउँछ । नेतृत्व परिवर्तनसँगै अर्थमै टिकिरहने, नभए गृह त पाउनैपर्ने भनेर अर्थसचिव कृष्णहरि पुस्कर कर्ण पनि लागेका छन् । गृहमन्त्री लामिछानेसँग निकटस्थ बिचौलियाहरुसँग कर्णको उठबस बाक्लो हुँदैगएको छ । बैदेशिक रोजगार विभागको महानिर्देशक हुँदै आफूले रविलाई चिनेको भन्दै उनी गृहमा सरुवा हुन खोजिरहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *