विमान दुर्घटनामा हराइरहेकाको खोजीमा कठिनाइ


  • विमान दुर्घटनामा हराइरहेकाको खोजीमा कठिनाइ
  • काठमाडौं । पोखराको सेती नदी खोँचमा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा हराइरहेका ४ जनाको आज (सोमवार) बिहानैबाट खोजी तीव्र पारिएको छ।
    आइतवार अबेरसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले दुर्घटनास्थलमा ६९ जनाको शव फेला पारेका थिए । तीमध्ये ६६ जनाको शव अस्पताल लगिसकिएको छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सोमवार बिहान ७ बजेबाट दोस्रो दिनको खोजी कार्य सुरु भएको जानकारी दिए । दुर्घटनामा परि हराइरहेका बाँकीको खोजी कार्य आज मुख्य प्राथमिकतामा रहेको प्रवक्ता भण्डारीले बताए ।
    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार हराइरहेका व्यक्तिको सङ्ख्या ६ हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । दर्घटनामा विमान पर्ण रुपले जलेको र सवहरु जलेर क्षतविक्षत रुपमा रहेका कारण शवहरु दोहोरो गणना भएको आशंका रहेको उनको भनाइ छ । ‘दुई जनाको दोहोरो गणना भए जस्तो देखिएको छ। अस्पतालमा अहिलेसम्म ६६ जनाको मात्रै शव पुगेको अवस्था रहेछ,’ उनले भने। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले कतिपय शवहरू क्षतविक्षत अवस्थामा रहेको र एकै व्यक्तिको दोहोरो गणना गरिएको हुन सक्नेबारे आफूहरूले बुझिरहेको बताएका छन्। ‘सग्लो शरीर नभएका कारण दोहोरो गणना भएको हो कि भन्ने कुरा पनि आएको छ। हामी बुझ्दै छौँ,’ उनले भने । काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमानमा चालक दलका ४ जना र ६८ जना यात्रुसहित ७२ जना सवार थिए । विमान दुर्घटनास्थलमा उद्धारका लागि ८ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । यद्यपि विमान दुर्घटना भएको ठाउँमा खोँच र नदी भएका कारण उद्धारमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्। खोँचमा जहाज टुक्राटुक्रा भएर उछिट्टिएका कारण भग्नावशेषमा पुरिएको ठाउँमा पुग्न भर्‍याङ र डोरीको प्रयोग गरेर जानुपर्ने अवस्था रहेको सैनिक प्रवक्ता भण्डारीले जानकारी दिए । सहायक प्रप्रमुख जिल्ला अधिकारी ढकालले खोँचको पुछारमा रहेको नदीमा पनि खोजी भइरहेको जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *