कामको मूल्यांकनका आधारमा प्रहरी कर्मचारीको पदोन्नति हुने: महानिरीक्षक सिंह


  • कामको मूल्यांकनका आधारमा प्रहरी कर्मचारीको पदोन्नति हुने: महानिरीक्षक सिंह
  • काठमाण्डौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायब महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत टुंगोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका छन । आर्थिक रूपमा पारदर्शिताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्नसमेत उनले आग्रह गरे। कार्यक्षेत्रमा गरेको कामको मूल्यांकनका आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्यांकन सापेक्ष रूपमा देखिने गरी तथ्यांकनमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहिता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायतको उपस्थिति रहेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *