डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा


  • डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा
  • काठमाण्डौं । उमेर विवादमा मुछिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जागिर धरापमा परेसंगै उनले राजीनामा दिने तयारी गरेका छन् । नागरिकता र सिटरोलमा फरक फरक जन्ममिति भरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेका डीआईजी सिंहले बर्खास्तीमा पर्नसक्ने अवस्था आउनुपुर्व नै राजिनामा दिने तयारी गरेका छन । छानबिन हुँदा बर्खास्त हुने र सेवा सुविधा समेत गुम्ने अवस्था देखिएपछि राजीनामा दिन लागिएको स्रोत बताउँछ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले १८ वर्ष पूरा भई नागरिकता प्राप्त गरेका थिए । उनको नागरिकता जारी मिति २२ जेठ २०४२ रहेको र १८ वर्ष पुगेको नागरिकतामा उल्लेख छ । सिंहको नागरिकताअनुसार जन्ममिति २०२४ को २२ जेठ देखिन्छ भने उनले प्रहरी प्रधान कार्यालयको सिटरोलमा १६ पुस २०२५ भरेका छन् । नागरिकताको उमेरअनुसार उनले २६ वर्षमा जागिर खाएको देखिएपछि छानबिन सुरु भएको हो । ‘गम्भीर विवाद देखिएपछि प्रहरी महानिरीक्षकज्यूले नै प्रहरी किताबखानासँग समन्वय गरी छानबिन गर्न भन्नुभएको छ,’ प्रहरीको कर्मचारी प्रशासन शाखाका एक अधिकारीले भने,‘यो विषयमा आन्तरिक रुपमा बुझ्ने काम भइरहेको छ ।’ नागरिकताको उमेरअनुसार उनले एसएसपीबाटै अवकाश पाउने देखिएको स्रोत बताउँछ । सिंह हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । सिंह आइजिपी हुन पहिलो नम्बरमा एआइजी हुने लबिइङमा थिए । यहीबीचमा उनको गम्भीर विवाद आएपछि एआइजी बढुवा समेत रोकिएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *