डीआईजी सिंहले दिए राजीनामा



  • काठमाडौं ।

    भावी प्रहरी प्रमुखको दावेदार मानिएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । नागरिकतामा जन्ममिति नमिलेपछि छानविनमा परेका डीआईजी सिंहले बुधबार राजीनामा दिएका हुन् ।

    हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका सिंहले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । 



  • जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । तर, प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार जन्ममिति २२ जेठ २०२४ उल्लेख छ ।

    सिंहले बुझाएको राजीनामा अब गृह मन्त्रालय पुग्नेछ । मन्त्रालयले आवश्यक छानविन गरी कारबाही प्रक्रिया अगाडि बढाउने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *