काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रवार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले शुक्रवार एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन् ।
जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘शुक्रवार एमाले अध्यक्षसँग कुरा हुन्छ ।
’बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका छन् ।