पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ, सोमबार रिहा हुने


  • पल शाहलाई उच्च अदालत पोखराले  दियो सफाइ, सोमबार रिहा हुने
  • काठमाडौं । अभिनेता पल शाहलाई उच्च उदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय सुनाएपछि शाहले त्यस फैसलाविरुद्ध उच्चमा निवेदन दिएका थिए । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । पल आज (सोमवार) जेलबाट रिहाइ हुदैछन ।

    बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने पलको तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए।



  • उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाइ गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

    नाबालिग बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले पछि तनहुँ र नवलपुर दुवै अदालतमा बकपत्र गर्ने क्रममा आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । शाहको आज(सोमवार) नै जेल जीवन विताएको एक वर्ष पूरा हुँदैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *