सुदुरपश्चिममा भारतवाट चौध दिनमा २५ हजार नेपाली भित्रिए
महेन्द्रनगर
पश्चिम सुदुरपश्चिमको सीमानाका गड्डाचौकीबाट दुई साताको अवधिमा झण्डै २५ हजार नेपाली भित्रिएका छन् । स्थानीय प्रशासनले जेठ १२ गतेबाट गड्डाचौकी सीमानाकामा प्रवेश खुला गरेपछि सोमबारसम्म २४ हजार ७६७ जना स्वदेश भित्रिएका हुन् ।
छिमेकी मुलुक भारतबाट कोरोना भाइरसको त्रासका कारण घर फर्किने नेपाली लुकिछिपी जथाभावी भित्रिन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ १२ गगे गड्डाचौकीबाट प्रवेश खुला गरेको थियो ।
विभिन्न सीमा नाकाबाट नेपालीहरू भित्रिँदा कोरोना जोखिम बढेको भन्दै जिल्ला सुरक्षा समिति गड्डाचौकी नाकाबाट व्यवस्थित ढंगले भारतबाट आउने नेपालीलाई भित्र्याउने निर्णयमा पुगेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले दुई साताको अवधिमा गड्डाचौकी सीमानाका भएर २ हजार ९९१ जना भारतीय नागरिकलाई भारततर्फ पठाइएको जानकारी दिएका छन् ।
उनले क्वारेन्टिनमा रहेका ६० वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती, सुत्केरी महिला, अशक्तहरुलाई यथाशीघ्र कोरोना परीक्षण गरी होम क्वारिन्टाइनमा पठाउने गृहकार्य पनि सुरु गरिएको बताएका छन् ।