४ वर्षीया वालिका सहित पहिरोमा पुरिएर दुईजनाको मृत्यु
म्याग्दी
म्याग्दीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । रघुंगगा गाउँपालिका–६ कोटगाउँ बस्ने ५० वर्षीया माया शेरपुञ्जा र सोही ठाउँ बस्ने रोशनी शेरपुञ्जाकी छोरी ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोमा परेर मृत्यु भएको हो ।
जस्ताको छानो भएको माया शेरापुञ्जीको कच्ची गोठमा सुतिरहेको अवस्थामा वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो आई गोठ पुरिन जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो ।
स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनाको शव घटनास्थलमा पुरिएको अवस्थामा फेला परेको हो ।