मुक्तक
आँखाभरी पानी हुन्छ भनेकै हुँ
मुटुभरी जलेर खरानी हुन्छ भनेकै हुँ
त्यतिबेला जे पर्छ व्यहोरौला भन्यौं
मैले मायामा नोक्सान हुन्छ भनेकै हुँ ।
रात रातभर रहेछ दिन दिनभर रहेछ
समय तेरो पनि मेरो जस्तो स्तर रहेछ
हेरियो बुझियो तिम्रो बस्तीमा पनि
पत्थर भगवान,भगवान पत्थर रहेछ।