लुम्बिनी प्रदेशमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलको माग


  • लुम्बिनी प्रदेशमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलको माग
  • रुपन्देही । नयाँ राजनीतिक समीकरणसँगै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । आइतबार नेकपा माओवादी केन्द्रसहितका दलहरु सरकारबाट बाहिरिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको पद संकटमा परेको हो ।

    प्रदेश सरकारबाट बाहिरिएसँगै कांग्रेस, माओवादीसहितका ८ दलका सांसदले लुम्बिनी नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षरसहित पत्र बुझाएका छन् ।
    संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन उनीहरुले पत्र बुझाएका हुन् ।



  • पत्रमा कांग्रेसका चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्तालगायतका नेताहरुले हस्ताक्षर गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *