रास्वपाबाट बारामा रमेश खरेल,तनहुँमा स्वर्णिम वाग्ले उम्मेदवार


  • रास्वपाबाट बारामा रमेश खरेल,तनहुँमा स्वर्णिम वाग्ले उम्मेदवार
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

    बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन २, तनहुँ–१ र बारा–२ को रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

    रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ । तनहुँ–१ मा तीन जान डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ ।



  • त्यस्तै बारा–२ मा रास्वपाले दुई जना रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ । तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले बतायो ।

    पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं–१ बाट उठेका थिए । यसपालि उनलाई रास्वपाले बारा–२ बाट उम्मेदवार बनाउन लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *