शपथ लिएलगत्तै भूमि व्यवस्था मन्त्री रञ्जिता पुगिन डिल्लीबजार कारागार


  • शपथ लिएलगत्तै भूमि व्यवस्था मन्त्री रञ्जिता पुगिन डिल्लीबजार कारागार
  • काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ शपथ लिएलगत्तै डिल्लीबजारस्थित कारागार पुगेकी छन् ।

    शुक्रबार राष्ट्रपति कार्यालय शीतनिवासमा शपथ लिएपछि सिधै उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं आफ्ना श्रीमान रेशम चौधरीलाई भेट्न कारागार पुगेकी हुन् । कारागार स्रोतका अनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । त्यसपछि मन्त्री श्रेष्ठ मन्त्रालय फर्केकी छन् ।



  • नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका चौधरी छाड्न सरकारसँग दबाब दिँदै आएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई छाड्ने आश्वासन दिएपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *