रवि,रमेश र स्वर्णिमले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै


  • रवि,रमेश र स्वर्णिमले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ ।

    आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका चितवन-२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले उम्मेदवारी दिने पक्का भएपछी आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ ।



  • स्वर्णिम वाग्ले नेपाली कांग्रेस पार्टी परित्याग गरी बिहिबार रास्वपामा प्रवेश गरेका हुन् । त्यस्तै पूर्वडीआईजी रमेश खरेल पनि बिहिबार नै सो पार्टीमा प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश गरेसंगै बैशाख १० गते हुने उपनिर्वाचनमा लाकिछानेले चितवन-२, वाग्लेले तनहुँ-१ र खरेलले बारा २ मा उम्मेदवारी दिने लगभग पक्का भएको छ । आजको पत्रकार सम्मेलनबाट सोही जानकारी दिन लागेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *