नेपालगन्ज : सामाजिक कार्यकमा निकै अग्रसर संस्था 'नेपालगन्ज जेसिज'ले साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गर्नेभएको छ। शनिबार नेपालगन्जमा प्रेसमिटको आयोजना गर्दै 'जेसिज सप्ताह २०२३' गर्न लागेको औपचारिक जानकारी दिइएको हो।
प्रत्येक वर्ष झैँ यस् वर्ष पनि नेपालगन्ज जेसिजले फरकफरक ७ वटा कार्यकहरु गर्न लागेको छ। वैशाख १ गतेबाट 'जेसिज सप्ताह' सुरु हुनेछ।
पहिलो दिन वैशाख १ गते नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान गर्दै जेसी उत्सव सिजालीको संयोजकत्वमा बागेश्वरी मन्दिर परिसर सरसफाइ गरिने बताइएको छ।
त्यस्तै, वैशाख २ गते रक्तदान, वैशाख ५ गते ट्राफिक सचेतना कार्यक्रम, वैशाख ८ गते लागू औषध दुर्व्यसन विरुद्ध कार्यक्रम, वैशाख ९ गते हेल्थ क्याम्प, वैशाख ११ गते फुटसल प्रतियोगिता र वैशाख १६ गते जेसिज सप्ताहको समापन कार्यक्रम रहेको बताइएको छ।