पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट निर्वाचित


  • पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट निर्वाचित
  • काठमाडौं । ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन् ।

    गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मतमात्रै ल्याए । उनीहरूबीच १६९ मतान्तर रहेको छ ।

    नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो ।



  • केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए । पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो ।

    विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *