महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


  • महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
  • काठमाडौं । भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

    महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ ।



  • पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो । घाइतेहरुको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।

    उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *