प्रहरीका १३ एसएसपीहरु डीआईजीमा बढुवा नियुक्त


  • प्रहरीका १३ एसएसपीहरु डीआईजीमा बढुवा नियुक्त
  • काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा नियुक्ति भएका छन् ।
    बुधबार गृह मन्त्रालयले बढुवा समितिको सिफारिस अनुसार १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।



  • बढुवा समितिले चैत २९ गते रिक्त पदमा बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको थियो । बढुवा सिफारिसविरुद्ध २ एसएसपी चक्रबहादुर सिंह र अनुराग द्विवेदीले उजुरी दिएका थिए । तर, त्यसको भोलिपल्टै बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवाको निर्णय गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *