काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।
गत बिहीबार पक्राउ परेका परेका खाँणको हिजो सोमबारदेखि विषय केन्द्रित बयान लिन थालिएको हो ।
सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुपैयाँ दिएको बयान दिए पछि खाँण सो प्रकरणमा तानिएका हुन् ।
साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।