कोशी । कोशी पहाडको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।
केही दिनदेखिको अविरल वर्षाले कोशी पहाडका जिल्लाहरूमा धनजनको ठूलो नोक्सानी गरेको छ। खासगरी हेवा खोलाले पहाडी जिल्लामा धेरै क्षति गरेको छ।
हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपता रहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ताप्लेजुङमा ३, पाँचथर ३, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ। ती मध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या ५ छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेहरूमा भोजपुर ट्याम्केमयुङ–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, पाँचथरकै २५ वर्षिय एलिसा माझी रहेका छन्।
यस्तै ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ का सुरेश राई छन्।