‘प्रचण्ड’ पत्नी सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै


  • ‘प्रचण्ड’ पत्नी सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माका अनुसार दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीले सलामी दिने छ ।



  • प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधबार बिहान ८ः ३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । उनको निधनपछि आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *