मनाइयो आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती (तस्बिरहरू)


  • मनाइयो आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती (तस्बिरहरू)
  • काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ ।



  • सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा ब्राह्मण बटुकहरूले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *