माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटरमा आज (शनिबार) अपराह्न ४ बजे बस्न लागेको हो ।

    आज बस्ने बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।



  • सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायको भनाई छ । साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *