काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
यसैगरी, हिजो नै तय भएको कार्यसुची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने तथा राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसुचीलाइ यथावत राखिनेछ ।
आइतबार बोलाइएको प्रतिनिभिसभा बैठक प्रतिपक्षी दल एमालेले अवरोध गर्ने भएपछि नबसी सुचना टास गर्दै आज (मंगलबार) का लागि स्थगन गरिएको थियो । प्रतिपक्षी दलले विमानस्थल बाहिर बरामत गरिएको एक सय किलो सुनको मालिकलाई पक्राउ गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ ।