ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन थुनामा राख्न अनुमति


  • ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन थुनामा राख्न अनुमति
  • काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।



  • ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ । उनीहरूलाई प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *