काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ८० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाएको छ ।
मन्त्रालयले मंगलबार नयाँ नियुक्त भएका उनीहरूलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको हो । शतप्रतिशत अधिकृतहरूलाई स्थानीयमा पठाउने निर्णय सुधारको निरन्तरता भएको मन्त्रालयको भनाई छ ।
यसअघि सोर्सफोर्स लगाउन सक्नेले सिंहदरबार छाड्दैनन् थिए भने पावर नहुनेहरूलाई मात्रै तलतिर पठाउने गरिनथ्यो । तर पछिल्लो समय मन्त्रालयले लोक सेवा आयोगकै योग्यता क्रमका आधारमा रिक्त दरबन्दीमा कर्मचारी खटाएको हो ।