घर तोडफोड प्रकरणमा धरान उपमेयरका भाइसहित ८ जना पक्राउ


  • घर तोडफोड प्रकरणमा धरान उपमेयरका भाइसहित ८ जना पक्राउ
  • काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परेका छन् । मंगलबार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि उपमेयर अइन्द्रका भाई विष्णुसहित ८ जनालाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले बताए ।

    पक्राउ पर्नेहरुमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई रहेका छन् । त्यस्तै सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सुरुमा विष्णु सहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई धारिलो हतियार प्रयो गरि घाइते बनाएको थियो । सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो ।



  • सन्देशलाई काटेर घरमा बसेको बेला उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको मल्लले बताए । पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । सन्देशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *