सभापति देउवाद्वारा आठ जना केन्द्रीय सदस्य मनोनीत


  • सभापति देउवाद्वारा आठ जना केन्द्रीय सदस्य मनोनीत
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ८ जनालाई मनोनीत गरेका छन् । सभापति देउवाले बिहीबार गुल्मीका चन्द्र भण्डारीसहित आठ जनालाई केन्द्रीय सदस्य मनोनय गरेका हुन् ।

    केन्द्रीय सदस्य मनोनयन हुनेमा भण्डारीसहित अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटा रहेका छन् ।



  • ०७८ मा भएको १४औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए । विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने थियो । तर सभापति देउवाले महाधिवेशन समप्नन भएको झण्डै १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *