नेपालगंज : विहिवार राती बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु घर भएका १८ वर्षका सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मृतक केसी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा अदालतबाट जेल सजाय भएर २०७९ असार १० गते बालसुधार गृहमा आएका थिए।
प्रहरीका अनुसार बिहीवार राती बालसुधार गृह भित्रै दुई समूहबीच झैझगडा हंदा कुटपिटको क्रममा उनको मृत्यु भएको र १० जना घाइते भएको प्रहरीको भनाइ छ। घाइतेहरुको उपचार नेपालगन्ज नर्सिङ होममा भइरहेको छ।