काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पूरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पूरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् ।
संविधानले परिवर्तन र बिकासको माग गरेको र जनताको प्रतिविम्बीत गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए ।
कुर्ची र पदको सुविधा नभइ नेपाली जनताले चाहेको कानून बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उनको भनाइ छ । उनले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारामात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गरे ।
विप्लवले नेपाल र जनतामाथि देखिएको चूनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हँुदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखे ।