३ महिनादेखि तलब नपाएपछी धनुषा हुलाकका कर्मचारी उत्रिय आन्दोलनमा


  • ३ महिनादेखि तलब नपाएपछी धनुषा हुलाकका कर्मचारी उत्रिय आन्दोलनमा
  • जनकपुरधाम । तलब नपाएपछि जिल्ला हुलाक कार्यालय धनुषाका कर्मचारीले आन्दोलन थालेका छन् ।

    पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरू कार्यालय अगाडि काम ठप्प पारेर धर्नामा बसेका छन् । कर्मचारी मनिता महतोले चाडपर्वको मुखमा तलब नदिएको भन्दै आन्दोलनका लागि बाध्य भएको बताइन् ।



  • उनले भनिन्, ‘तलबका लागि पटक-पटक कार्यालय प्रमुखसँग आग्रह गर्‍यौं । तर उहाँ कुनै वास्ता गरिराख्नु भएको छैन ।’

    जिल्ला हुलाक कार्यालयमा ५० जनाबढी कर्मचारी छन् । उनीहरूले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *