भूकम्पबाट मृतक सबै परिवारलाई २५ हजार किरिया खर्च प्रदान


  • भूकम्पबाट मृतक सबै परिवारलाई २५ हजार किरिया खर्च प्रदान
  • रुकुम पश्चिम । गत शुक्रबार आएको भुकम्पको कारण मृत्यु भएका रुकुम पश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामाग्री उपलब्ध गराएका छन् । 

    आठविसकोट नगरपालिका क्षेत्रमा ४२ जना मृतक र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो । आठविसकोटका दुई जना र सानीभेरीका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो भने आठविसकोटमा जिल्ला बाहिरका चार जनाको मृत्यु भएको थियो । 

    आठविसकोट र सानीभेरी क्षेत्रमा किरिया कर्म गरिरहेका सबै मृतकका परिवारलाई सम्बन्धित स्थानीय तहले २५ हजार रुपियाँको दरले किरिया खर्च दिईसकेको जानकारी दिएका छन् ।



  • आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत मनिराज शाहका अनुसार किरिया खर्चसँगै राहत समेत उपलब्ध गराईएको छ । नगर प्रमुख रबि केसी र उप प्रमुख धनकुमारी शाहीको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । 

    सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीका भूकम्पको कारण मृत्यु भएका १२ जना मृतकका घरमा पुगेर २५ हजार रुपियाँको दरले किरिया खर्च र राहत सामाग्री बुझाईसकिएको छ । अन्य पीडितहरुलाई पनि तिब्र रुपमा राहत वितरण गरिरहेको ओलीले जानकारी दिए । मुलपाटी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *