दर्शन सुनार, कतार : नुवाकोट नेपाली समाज दोहा कतारले शुक्रबार सांगीतिक कार्यक्रम गर्दैछ। बडादशै, दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान तथा नुवाकोट सागिंतिक साँझ २०२३ मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकार कतार आईपुगेका छन्।
नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोक तथा दोहोरी चर्चित गायिका अमृता श्रीपाल,लोक तथा दोहोरी गायक सरोज लामिछाने, म्हेन्दोमाया गायक सौराम तामाङ बुधबार राती कतार आईपुगेका हुन् ।
कलाकारहरुलाई स्वागत गर्नको लागि नुवाकोट नेपाली समाज कतारका अध्यक्ष,महासचिव कार्यसमितिका पदाधिकारी लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।
'सेवा नै धर्म हाे' भन्ने मुल नारालाई आत्मसात गर्दै संस्थाकाे काेष अभिवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरेको र कलाकार कतार आईपुगेसँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका महासचिव बिकास तामाङले सौर्यपत्रलाई जानकारी दिए ।
शुक्रबार दोहाको मुटु साना सिङ्गल नजिकै ग्रान्ड रिगल होटेलमा दिउसो १२ बजे देखी कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा सबैलाई उपस्थितिको लागि नुवाकोट समाजले अनुरोध समेत गरेको छ। कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजक संस्थाले बताएको छ ।