सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु


  • सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु
  • गुल्मी : सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले यसबारे जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो ।



  • आज दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर सुन्तला खानेक्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएका थिए । श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याइएकोमा उनलाई दिउँसो साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *