भव्य बन्यो ‘नुवाकोट सांगीतिक साँझ’


  • भव्य बन्यो 'नुवाकोट सांगीतिक साँझ'
  • दर्शन सुनार, कतार : नुवाकोट सेवा समाज कतारले बडादशैं, दिपावली, नेपाल संवत् एवंम छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा 'नुवाकोट साँगीतिक साँझ -२०२३' कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    शुक्रबार सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष हिरा तामाङले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सिमित वक्ताहरुलाई शुभकामना मन्तव्य राख्न दिईएको थियो। औपचारिक कार्यक्रम सकिए लगत्तै कतारमा रहेका गायक  सुर्य लामा, सानुबाबु तामाङ, रामजी थापा मगर, राजन थोकर तामाङ, बद्री प्रसाद देबकोटा, राेशनी हिम्डुङ तामाङ, गुना मगर निशु, पुकार थापा लगायतका कलाकारहरुले एकल नृत्य तथा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

    नेपालबाट आएका म्हेन्दोमाया कलाकार सौराम तामाङले कार्यक्रममा आफ्नो प्रस्तुतिसङ्गै सांस्कृतिक कार्यक्रमको ढोका उघारेका थिए। म्हेन्दोमाया तथा सेलो भाकाका आधा दर्जन गीतहरु पस्किएका थिए। सेलो भाका र म्हेन्दोमायाका गीतमा उपस्थिति दर्शकहरुले भरपुर्ण मनोरञ्जन लिएका थिए ।

    त्यस्तै, लोक तथा दोहोरी गायिका अमृता श्रीपाल 'देउरालीलाई भेटी' गीत गाउँदै स्टेज उक्लिएकी थिइन्। उनले फुलको थुङ्गा, घुम्तिघुम्ती रोड, डाडा घरे साइली, पन्चेबाजाका जस्ता गीत गाएर दर्शकलाई भरपुर्ण नचाउन सफल भएकी थिइन्।



  • सांगीतिक कार्यक्रमको अन्त्यमा काठे भाकाका राजा मानिने नुवाकोटे गायक सरोज लामिछानेले आफ्नो प्रस्तुति दिने क्रममा सर्वाधिक चर्चित गीतहरु मुसौरी, कहाँ होला र सुन जस्तो पित्तल, धानको बाला लसरी पसरी, हे मेरो सानु, कोठाभाडा तिर्दिने मै होनि, बदाम खाको सुन्तला छोडाको जस्ता गीतहरु प्रस्तुति दिएका थिए ।

    प्रमुख अतिथि भट्टले आफ्नो शुभकामना बोल्दै छोटो समयमा पनि कतारको कानुन संवत सबै प्रक्रिया पुरा गरेर तोकिएकै समयमा कार्यक्रम सभ्य र भब्य गर्न  सफल भएकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए। सभापति घलेले कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल बनाउन उपस्थित भइदिएकोमा सम्पुर्ण अतिथि एवंम दर्शकहरुलाई धन्यवाद दिँदै आफ्नो जिम्मेवारी पुरा गर्न अहोरात्र खट्ने समाजका  सम्पुर्ण पदाधिकारीहरु प्रती आभार व्यक्त गर्दै कार्यक्रमलाई बिट मारेका थिए। कार्यक्रमको सहजीकरण समाजका महासचिव विकास तामाङले गरेका थिए ।

    कार्यक्रममा गैर आवासिय नेपाली संघका अध्यक्ष रमेश भट्ट र गायिका गुना मगर निशुलाई  समाजले सम्मान पत्रद्वारा सम्मान गर्दै  कार्यक्रमको सभाहलमै नेपालबाट आमन्त्रित कलाकारहरुलाई नुवाकोट सेवा समाज र सिन्धुपाल्चोक सेवा समाजले मिलेर समग्रमा मायाको चिनो सहित सम्मान गरेका थिए।

    समाजका अध्यक्ष दिपेन्द्र घलेको सभापतित्व,तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा कतारमा स्थापित  विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाका प्रमुखहरु, समाजसेवी, कलाकार, पत्रकारहरुको साथै उल्लेखनीय दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *