प्रहरीको तीन जना एसपीको काज सरुवा


  • प्रहरीको तीन जना एसपीको काज सरुवा
  • काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत एसपी रन्जु सिग्देललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जमा सरुवा गरिएको छ ।



  • इन्टरपोल शाखामा कार्यरत अनुपमशमशेर जबरालाई सशस्त्र प्रहरी गण नम्बर–१ नक्सालमा सरुवा गरिएको छ । कानुन शाखामा कार्यरत राजेन्द्रप्रसाद धमलालाई सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *