चिसोले जाजरकोटमा सुत्केरीको मृत्यु


  • चिसोले जाजरकोटमा सुत्केरीको मृत्यु
  • जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका- ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

    चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको नलगाड- ८ का वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । भूकम्पबाट घर भत्किएपछि त्रिपनलमा बस्दै आएकी उनको आज (सोमबार) मृत्यु भएको वडाअध्यक्ष सिंहले बताए । चदाराले एक महिना अघि छोरीलाई जन्म दिएकी थिइन् ।



  • गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।

    भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *