आफैँले बोकेको बन्दुक पड्किँदा दोलखामा एक युवकको मृत्यु



  • दोलखा : दोलखामा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जना युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तामाकोशी गाउँपालिका-२, डाँडावारी झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए।



  • सार्कीको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सार्कीसँगै सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *