धोती दिवस मनाउँदा माइतीघरबाट सीके राउतसहित कार्यकर्ता पक्राउ


  • धोती दिवस मनाउँदा माइतीघरबाट सीके राउतसहित कार्यकर्ता पक्राउ
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको हो ।

    प्रदर्शन गर्न खोज्ने ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनीहरु सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ ।



  • सिके राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *