जिप दुर्घटनामा परी बागलुङमा दुई जनाको मृत्यु


  • जिप दुर्घटनामा परी बागलुङमा दुई जनाको मृत्यु
  • बागलुङ । जिप दुर्घटनामा परी बागलुङमा दुई जनाको मृत्यु भएको छ । आज शनिबार बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जादै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।



  • दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
    दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *