सर्जक किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त


  • सर्जक किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त
  • काठमाडौं । गायक तथा गीतकार किरणबाबु पुनलाई सरकारले नेपाल सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको छ । आज बुधवार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सर्जक पुनलाई नियुक्ति दिएको हो ।

    यसअघि सो पदमा अशोक प्यासी थिए । उनको पदावधि सकिएपछि अहिले पुनलाई नियुक्त गरिएको हो ।



  • रुकुम पश्चिम सानीभेरी निवासी किरणबाबु पुन लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय छन् । उनले सिर्जना गरेका ‘क्षितिजपारी उनको बस्तीमा’, ‘म पुजा गर्छु मायाको’ लगायत दर्जनौँ गीतहरू लोकप्रिय छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *