काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेको भन्दै शक्ति प्रदर्शन गरेका छन् ।
उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरे ।
राजधानीमा आयोजित सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ । यति मात्र होइन प्रसाईंसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको छ ।
प्रसाईं राजसंस्था, गणतन्त्र खारेजी, हिन्दू धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् ।