नवनियुक्त तीन मन्त्रीले लिए शपथ


  • नवनियुक्त तीन मन्त्रीले लिए शपथ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले आज सानो आकारको मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका छन् ।



  • नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।

    त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *