दर्शन सुनार/कतार : हेल्प मधेसी कतार च्याटरको चौथो महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हेल्प मधेसी कतार च्याप्टरको चौथौ महाधिवेशन साथै मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमदानको ईफतार तथा हिन्दुहरुको महान होली पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएको हो।
हेल्प मधेसी कतार च्याप्टरका अध्यक्ष राम कुमार यादवको सभापतित्व तथा नेपाली राजदुतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट रमेश कुमार यादवको नेतृत्वमा सर्वसम्मत आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन भएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामेश्वर मण्डल, प्रथम उपाध्यक्षमा जय किशोर मण्डल दित्तिय उपाध्यक्षमा बृज देव शाह,महासचिवमा ओम प्रकाश यादव,प्रथम सचिबको पद रिक्त रहेको छ भने दित्तिय सचिवमा बिरेन्दर गुरमईता यादव ,कोषाध्यक्षमा संतष शाह,र सह कोषाध्यक्षमा रामकुमार यादव निर्वाचित भएका छन्।
त्यस्तै कार्यसमिती सदस्यहरुमा दिनेश कुमार यादव,श्रीराम ठाकुर,बिनोद पासवान,सजिंव गुलगरिया यादव,रंजित शाह सोनार,मोहम्मद अफताब,राईन,जोकिन्दर ठाकुर,कलेश महतो कोईरी,बिहारी साफी,अलाउदिन कबाडी निर्वाचित भएका छन ।
त्यस्तै हेल्प मधेसी च्याप्टर कतारमा आवद्ध रहेका ( दलान) अर्थात विभिन्न एरिया तथा समितीका अध्यक्षमा मन्जय कुमार शाह वक्रा एरिया,बुद्धिराज यादव रैयान एरिया,तेजनारायण कापर तरवार गेट,भोला यादव रामजानकी दलान,राम किशोर यादव राधाकृष्ण दलान,रामचन्द्र मन्डल बाबा विस्वकर्मा दलान,रामप्रकाश यादव क्युबिसी दलान,रासिन्दर यादव बलदिया दलान,बिरेन्दर महतो डिएलपी दलान,किशोरी मन्डल अलखोर दलान निर्वाचित भएका छन ।
रामकुमार महतोको सयोंजकत्वमा गोबिन्द झा,सरयुग यादव,दिनेश दाह,रामकुमार यादवको पाँच सदस्यीय निर्वाचन समिती रहेका थिए । उक्त निर्वाचन समितीले १३ जना सक्रिय सल्लाहकारहरु समेत चयन गरेको थियो सक्रिय सल्लाहकारहरुमा रामकुमार महतो,रामकुमार यादव,किशोर मन्डल,सुकेश्रर ठाकुर,महेन्द्र प्रसाद यादव,मोहमद सरिफ मिया,अरुन यादव,भागरथ यादव,बिरेन्दर कुमार मण्डल, चन्द्रवीर यादव,श्याम मण्डल,कम्लेश यादव, र राजेश शाह निर्वाचित भएका छन ।
चौबिस महिने लामो आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष शाहले पेश गरेका थिए
हिन्दुहरुको महान पर्व होलीको पर्वको टीका लगाउदै खुशीयाली बाडेंका थिए । कार्यक्रममा एनसिसी कतारका दित्तिय उपाध्यक्ष केशव कार्की, जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटा, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाटी लगायत मधेस प्रदेश समन्वय परिषद कतारमा आवद्ध रहेका जिल्ला संस्था लगायत हेल्प मधेसी च्याप्टर कतारमा आवद्ध रहेका सम्पुर्ण पदाधिकारीहरुको बाक्लो उपस्तिथि सहित मन्तव्य रहेको थियो ।
प्रमुख अतिथी नरेश बिक्रम ढकालले आफनो
शुभकामना मन्तव्य बोल्दै रोजगारीको शिलशिलामा कतारमा रहेका पौने चार लाख नेपालीहरुमा मधेसबाट प्रदेशको हिसाबले कतारमा धेरै मधेसी दाजुभाई रहेको बताए । ढकालले आफुले दुई बर्षको अन्तरालमा अध्धयन गर्दा मधेशका दाजुभाई नेपालबाटै कतार आउदा धेरै ठगिएको आफुले पाएको बताउदै आगामी दिनमा ठगिन बाट जोगिन सबैलाई आग्रह समेत गरे । आफू मध्य पहाडी भेगको भएपनि मधेसका दाजुभाई प्रति अत्यन्तै माया र सम्मान रहने व्यक्त गरे ।
हेल्प मधेसी कतार च्याप्टरका सल्लाहकार तेजिलाल मण्ड्लले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण ईसिलाल पन्डितले गरेका थिए सभापति राम कुमार यादवले हेल्प मधेसी कतार च्याप्टर सम्पुर्ण मधेसको साझा संस्था र मधेसका दुखी पिडितहरुको घाउमा मलम लगाउने संस्था रहेकोले संस्थामा कोहीले पनि राजनीति न गर्दिन आग्रह गरे उनले २०१४ देखि २०२४ सम्म आफुले संस्थामा निकै दुख गर्दै आएको बताउदै आउने कार्यसमितिले आफुले भन्दा थप राम्रा काम गर्ने बिश्वास व्यक्त गर्दै खुला सत्रको समापन गरे ।