दर्शन सुनार/कतार : लोकप्रिय मौलिक गायकको छवि बनाएका गायक प्रसाद खप्तरी मगर हाल विरामी छन्। गुल्मी जिल्ला सत्यावती गाउँपालिका वडा न ४ लिम्घा निवासी लोक गायक प्रसाद खप्तरी मगर बिगत एक बर्षदेखि अकस्मात दुबै मृगौलाले काम गर्न छोडेपछि यतिबेला डायलालिस गराईरहेका छन्।
उनलाई हाल विभिन्न ठाउँबाट सहयोग रकम प्राप्त भइरहेको छ। यसैबीच, पीडित कलाकार खप्तरी मगरलाई कतारबाट पनि सहयोग गरिएको छ ।
गुल्मी सेवा समाज कतारका सल्लाहकार भिम तरामु मगरले प्रसाद खप्तरी मगर बचाउ अभियान चलाएका थिए । प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको उक्त रकम जन्मभूमिमा वार्षिक बिदामा रहेका गुल्मी सेवा समाज कतारका कार्यसमिति सदस्य ज्ञान बहादुर शाहीले मृगौला पीडित प्रसाद खप्तरी मगरको निवास मै पुगेर ५७ हजार ६ सय २० रुपैया पीडित कलाकारलाई हस्तान्तरण गरेका छन् ।
चिकित्सकहरुको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्न ठूलो रकम चाहिने र तत्कालै मृगौला प्रत्यारोपण गर्न पर्ने बताएका छन्। भने पीडित कलाकारले सहयोग रकम उठे अब छिट्टै नै मृगौला प्रत्यारोपण गर्ने बताए । नेपालको कानुन अनुसार घर परिवारका सदस्यहरुले मृगौला दिएमा राम्रो हुने भएकोले पीडित खप्तरी मगरका बुवाले मृगौला दिने भएका छन्।
औषधि उपचार र मृगौला प्रत्यारोपण गर्नको लागि ठूलो रकम लाग्ने भएकोले र नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाले जीवन बचाईदिन पीडित खप्तरी मगरले स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन् । देश विदेशबाट सहयोग गर्न चाहने व्यक्तित्वहरुका लागि पीडितकी श्रीमती सरस्वती कुमारी थापा / कुमारी बैक लिमिटेड गोगंबु खाता नम्बर (०१०००२४७०२१०००००१) रहेको छ ।