डीआईजी जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


  • डीआईजी जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय
  • काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी प्रहरी प्रवक्ताको जिम्मेवारीमा पनि छन् ।



  • यस्तै जोशी भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् ।

    वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *